शेखरको टिप्पणी : कोशीमा सरकार बनाउँदा गठबन्धन नै धरापमा प-यो भन्थे अहिले एमालेसँग मिल्न थालेछन्

शेखरको टिप्पणी : कोशीमा सरकार बनाउँदा गठबन्धन नै धरापमा प-यो भन्थे अहिले एमालेसँग मिल्न थालेछन्

काठमाडौं एक्सप्रेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा नेकपा एमालेलाई पनि समेट्नुपर्ने प्रस्ताव गठबन्धनमा गरेपछि कांग्रेस नेता शेखर कोइराला आक्रोशित भएका छन् ।

कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा गठबन्धन नै धरापमा प¥यो भनेर रोइलो गर्नेहरू अहिले एमालेसँग मिल्न थालेको आरोप उनले लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा प¥यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् ।’

गठबन्धनमा रहेका दलहरूलाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको आरोप लगाउँदै उनले एमालेलाई के चाहियो ? भनेर प्रश्न गरेका छन् ।

उनी अगाडि लेख्छन्, ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?’

Logo