प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

काठमाडौं एक्सप्रेस

काठमाडैं, – प्रधानमन्त्री पुष्पकमल दाहालका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ।

गजुरेलको राजीनामा मंसिर २० गतेदेखि लागू हुने गरी स्वीकृत भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

उनले प्रधानमन्त्रीलाई मङ्सिर २० गते नै राजीनामा बुझाएका थिए । उनले राजीनामा दिनुको कारण खुलाएका छैनन्।

माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका नेता गजुरेललाई प्रधानमन्त्री दाहालले माघ ९ गते राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए।

Logo