नेपाल र भारतको संयुक्त आयोगको बैठक सम्पन्न

नेपाल र भारतको संयुक्त आयोगको बैठक सम्पन्न

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न भएको छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा बसेको बैठक बिहीबार काठमाडौंको होटल याक एण्ड यतीमा बसेको थियो।

संयुक्त आयोगको बैठकमा नेपाल–भारतबीचको आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति, राजनीतिकलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले बताए।

उनले भारतीय समकक्षीसँग भएको द्विपक्षीय भेटवार्तामा विभिन्न विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्धबारे छलफल भएको बताए।

नेपाल–भारत संयुक्त आयोगको बैठक सकिएपछि दुई देशबीच चार वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। दुई देशका विदेशमन्त्रीको उपस्थितिमा सम्बन्धित अधिकारीले सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौता तथा समझदारी पत्रमा १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्नेसम्बन्धी विद्युत् सम्झौता, सामुदायिक विकास परियोजनामा सहयोग गर्नेसम्बन्धी सम्झौता, नेपालले बनाएको स्याटलाइट भारतले प्रक्षेपण गर्नेसम्बन्धी सम्झौता र नविकरणीय उर्जाको विकासमा सहयोग गर्नेसम्बन्धी समझदारीपत्र रहेका छन्।

Logo