एमालेको सचिवालय बैठक आज बस्दै

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं एक्सप्रेस

फाइल तस्बिर

काठमाडौं, – नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा अपराह्न १२:४५ बजेका लागि बोलाइएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार आज बस्ने सचिवालय बैठकले राष्ट्रिय सभाको उम्मेदवारको टुङ्गो लगाउने छ।

फागुन २० पछि रिक्त हुन लागेको २० सिटमा माघ ११ मा राष्ट्रिय सभाको निर्वाचन हुन लागेको छ। जसका लागि यहि पुस २३ गते उम्मेदवारी दिन सकिने निर्वाचन आयोगले जनाएको छ।

Logo