पशुपतिनाथ परिसरमा वृक्षरोपण गरे भारतीय विदेशमन्त्रीले

पशुपतिनाथ परिसरमा वृक्षरोपण गरे भारतीय विदेशमन्त्रीले

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा.एस जयशंकरले पशुपतिनाथको दर्शन गरेका छन्।

आज बिहान ८ बजे पशुपति पुगेर उनले पशुपतिनाथ परिसरमा वृक्षरोपण समेत गरेका छन्। नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी बिहीवार काठमाडौँ आएका हुन्।

बिहीवार उनले नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए।

जयशंकर आजै स्वदेश फर्किँदै छन्। उनको मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम रहेको छ।

Logo