बाजुरा बलात्कृत प्रकरण : पिडित महिलाका आफन्त न्याय माग्न पुगे गृहमन्त्रालयमा

बाजुरा बलात्कृत प्रकरण : पिडित महिलाका आफन्त न्याय माग्न पुगे गृहमन्त्रालयमा

काठमाडौं एक्सप्रेस

काठमाडौं, – बाजुराकी बलात्कृतबाट पिडित महिलाका आफन्तले गृहमन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराले पिडित महिलाका श्रीमान र देवेरलाई उल्टै कुटपिटको मुद्दा लगाएर विना कारण हिरासतमा राखेको प्रति देवर र देउरानीले गृह मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

त्यहाँको परम्पराकै निरन्तरता अनुसार यही पौष १० गते पीडितको घरगाउँ नजिकै भैले पुर्णीमाको दिन स्थानीय मेला लाग्ने गर्दछ । त्यहीँ मौका छोप्दै स्थानीय २५ वर्षीय जंगसिंह बुढाले बलात्कार गरेका थिए।

आफुमाथि बलात्कार भएको भन्दै ती पिडित महिला दुईदिन लगाएर जिल्ला प्रहरी कार्यालय मार्तडीमा फिराद गर्दा गराउन आएकि पिडित महिलाका श्रीमानसहित ४ जनालाई प्रहरीले समातेर हिरासदमा राखेको छ ।

त्यसको प्रतिकार गर्दै उनका देवर जिवन सुनार र देउरानी दिपिका सुनार, पत्रकार प्रेम विक, अधिकारकर्मी गोरख सार्की, राष्ट्रिय दलित पत्रकार संघ नेपाल उपत्यका प्रदेशका उपाध्यक्ष गणेश विक र धर्म सुनारले शुक्रकार (आज) गृहमन्त्रालय पुगेका हुन् ।

Logo