रास्वपाका सांसद झाको आक्रोश : गठबन्धनका नेताहरुलाई ठेकेदारको संज्ञा

रास्वपाका सांसद झाको आक्रोश : गठबन्धनका नेताहरुलाई ठेकेदारको संज्ञा

काठमाडौं एक्सप्रेस

काठमाडौं, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह प्रवक्ता एवं सांसद मनिष झाले राष्ट्रिय सभाको पद बाँडफाँडका लागि बैठकमा बसेका सत्ता साझेदार दलहरूलाई ठेकेदारको संज्ञा दिएका छन्।

पछिल्लो समय राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँडका लागि सत्ता गठबन्धन दल र नेकपा एमालेसहित दलहरु छलफलमा जुटेकोप्रति आक्रोश व्यक्त गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा बुँदागत रुपमा सत्ता साझेदार दलहरूलाई आग्रह गर्दै भनेका छन् :

राष्ट्रिय सभाको पद बाँडफाँडको लागि बैठकमा बसेका सत्ता साझेदार ठेकेदारहरूमा अनुरोधः

१) कृपया एकपटक सर्लाही बरहथवामा मारिएका ३० वर्षिय जय शंकर साहलाई पनि सम्झिनुहोला।

२) एक्लो सन्तान गुमाएका उनका वृद्ध अभिभावकको बारे सोचीदिनुहोला।

३) तपाईंहरूको कार्यकर्ताहरूमा राजनीतिक संस्कार कमीको कारण हँुदै गरेको यस्तो घटना नियन्त्रण बारे छलफल गरिदिनुहोला।

४) जताततै गोली ठोक्न बाध्य सुरक्षाकर्मीको मानशीक स्वास्थ्य र सेवा सुविधा बारे केही सोचीदिनु होला।

Logo