राष्ट्रिय सभाको सिट बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक

राष्ट्रिय सभाको सिट बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक

काठमाडौं एक्सप्रेस

काठमाडौं, – राष्ट्रिय सभाको सिट बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक पुगेको छ । राष्ट्रिय सभाका १९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले १० माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक लिने मोटामोटी सहमति भएको छ ।

यसको अन्तिम टुंगो आज बस्ने गठबन्धले लगाउने नेताहरूले बताएका छन् । सिट बाँडफाँटबारे छलफल गर्न शनिबार मध्यरातसम्म प्रधानमन्त्री बालुवाटारमा नेताहरुको बैठक बसेको थियो ।

बैठकले मोटामोटी रुपमा सहमति गरिसकेको नेताहरूले दाबी गरेका छन् । कर्णाली, गण्डकी र बागमती प्रदेशबाहेक कहाँ कसले लिने क्लस्टरसहित सहमति भइसकेको छ ।

सूदूरपश्चिममा पुरुष कांग्रेसलाई, महिला माओवादीलाई, लुम्बिनीमा महिला कांग्रेस, पुरुष माओवादीलाई, मधेशमा महिला कांग्रेसलाई, पुरुष जनता समाजवादीलाई, कोशीमा पुरुष कांग्रेसलाई, महिला माओवादीले लिने सहमति भएको छ ।

बैठकमा एकीकृत समाजवादीले भने आफूलाई कम सिट भएको भन्दै असहमति जनाएको थियो । उसले तीन सिटमा दाबी गरेको छ । तर, आजको बैठकमा दुई सिटमै सहमति हुने नेताहरूको भनाइ छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि एक सिटमा दाबी गरेका थिए । उनी सिट नपाउने भएपछि बैठकको बीचमै बाहिरिएका थिए ।

राष्ट्रिय सभाको मतदान ११ माघमा हुँदैछ । त्यसका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ ।

Logo