भारतीय राजदूतावासले सिधै २० करोड खर्च गर्न पाउने सहमति राष्ट्रिय हित विपरीत : पोखरेल

भारतीय राजदूतावासले सिधै २० करोड खर्च गर्न पाउने सहमति राष्ट्रिय हित विपरीत : पोखरेल

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतीय राजदूतावासले सिधै २० करोड रुपैयाँ पैसा खर्च गर्न पाउने सरकारले गरेको सहमतिको विरोध गरेका छन्।

आइतबार काठमाडौंमा राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित सेतो छडी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कुनैपनि देशले बजेटअन्तर्गत नभई सिधा जनतामा वितरण गर्ने कुरा आफ्ना मान्छे बनाउने षड्यन्त्रपूर्ण योजना भएको उनको जिकिर थियो।

वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले गरेको सो सहमति र सम्झौताको विपक्षमा नेकपा एमाले रहेको बताए। यो सहमति राष्ट्रिय हित विपरीत रहेको उनले दाबी गरे।

‘सिधा दूतावासले वितरण गर्ने कुरा खेदजनक रहेकाले नेकपा एमालेले स्वीकार गर्न सक्दैन’ उनले भने।

Logo