काँग्रेसले टुङ्गो लगायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार

काँग्रेसले टुङ्गो लगायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेपाली काँग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० जनाको नाम टुङ्गो लगाएको छ । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतवार बसेको बैठकले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि १० जनाको नाम टुङ्गो लगाएको हो।

काँग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८ को प्रयोजनका लागि पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ३२(९) बमोजिम उम्मेदवारहरूलाई मनोनयनका लागि पठाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

यी हुन् १० नामः

कोशी प्रदेशमा–कृष्णप्रसाद सिटौला (अन्य)

मधेश प्रदेशमा–आनन्दप्रसाद ढुंगाना (अन्य)

बागमती प्रदेशमा– जीतजंग बस्नेत (अन्य)

विष्णुदेवी पुडासैनी (महिला)

गण्डकी प्रदेशमा–किरणवावु श्रेष्ठ (अन्य)

पदमबहादुर परियार (अपाङ्गता÷अल्पसंख्यक)

लुम्बिनी प्रदेशमा–विष्णुकुमारी सापकोटा (महिला)

कर्णाली प्रदेशमा–कृष्णबहादुर रोकाया (अन्य)

सुदूरपश्चिम प्रदेशमा–बलदेव बोहरा (अन्य)

नारायणदत्त भट्ट (अपाङ्गता÷अल्पसंख्यक)

साथै पार्टीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन ऐक्यवद्ध ढङ्गले अघि बढ्ने सहमति भएकाले उम्मेदवारहरूलाई विजयी गराउन पनि सबैलाई आह्वान गरेको छ।

Logo