भुटानको ड्रुक एयर–७७३ को जहाजमा चरा ठोक्किएपछि

भुटानको ड्रुक एयर–७७३ को जहाजमा चरा ठोक्किएपछि

काठमाडौं एक्सप्रेस

काठमाडौं, – भुटानको ड्रुक एयर–७७३ को जहाजमा आज बिहान चरा ठोक्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्ली उडान भर्ने क्रममा चरा ठोक्किएको हो।

विमानस्थल स्रोतका अनुसार आज बिहान ८:४० बजेको जहाजमा चरा ठोक्किएको हो।

चरा ठोक्किए पनि जहाज सुरक्षित दिल्लीका लागि उडान भरिसकेको छ।

स्रोतले उक्त जहाजमा ठोक्किएको चरा धावनमार्गमा मृत फेला परेको जानकारी दिएको छ।

यसअघि पनि यो विमानस्थलमा पटक–पटक चरा ठोक्किएको छ। विमानस्थल वरपर सरसफाइको अभावले गर्दा विगतमा पनि यस्ता घटना हुँदै आएका छन्।

Logo