काठमाडौं, – कोशी प्रदेशसभाले आजै सभामुख पाउने भएको छ । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ ।
उपसभामुख सिर्जना दनुवारले निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति भएको बताइन् । सत्तारुढ दलहरूले सभामुख राप्रपालाई दिने सहमति भएका छन् ।
राप्रपाले सभामुख लिने निर्णय गरेपछि राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाउने छ । सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ ।
सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठकले सभामुख लिने निर्णय गरेको छ ।
प्रतिक्रिया