भारतसँगको विद्युत् व्यापार सम्झौताको डकुमेन्ट नआएसम्म बैठक सुरु नहुने सांसदहरुको अडान

भारतसँगको विद्युत् व्यापार सम्झौताको डकुमेन्ट नआएसम्म बैठक सुरु नहुने सांसदहरुको अडान

काठमाडौं एक्सप्रेस

काठमाडौं, – मंगलबार बसेको संसदको पूर्वाधार समिति बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको डकुमेन्ट नआएसम्म बैठक सुरु नहुने अडान राखेका छन् ।

ऊर्जा मन्त्री शक्ति बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उपस्थितमा सुरु भएको बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् ब्यापारको डकुमेन्ट पाइसकेपछि मात्रै बैठक सुरु हुनुपर्ने बताए ।

यसअघि नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत् ब्यापार सम्झौता भएको थियो । सो सम्झौताको डकुमेन्ट नपाएसम्म बैठक बस्नुको औचित्य नहुने सांसदहरुको भनाइ छ ।

सांसदहरु सिके राउत, ठाकुर गैरे, प्रतिमा गौतम लगायतले सम्झौताको डकुमेन्ट नआएसम्म अन्य एजेन्डामा प्रवेश नगर्ने भनेपछि वैठक अगाडि बढ्न सकेको छैन ।

Logo