प्रधानमन्त्रीले बोलाए गठबन्धन दलहरुको बैठक

प्रधानमन्त्रीले बोलाए गठबन्धन दलहरुको बैठक

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका दलहरुको बैठक बोलाएका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि पूर्व तयारी छलफलका लागि बैठक बोलाइएको सत्तारुढ दलका एक नेताले बताए ।

उनका अनुसार गठबन्धनका दलहरुबीच अन्तर पार्टी समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक डाकिएको हो । बैठक ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारीको मनोनयन भइसकेको छ । गठबन्धनका दलबाट कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जनता समाजवादीका एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले १९ सांसदका लागि ११ माघमा निर्वाचनको मिति तोकेको छ ।

Logo