राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारी फिर्ता लिन सक्ने

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारी फिर्ता लिन सक्ने

काठमाडौं एक्सप्रेस

काठमाडौं, – निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा आज नाम फिर्ता लिन सक्ने कार्यतालिका रहेको जनाएको छ।

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत उम्मेदवारी दिएका ५२ जना उम्मेदवारहरूले आज आफ्नो नाम फिर्ता लिन सक्ने आयोगले बताएको छ। उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आजै गरिने आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताए।

आयोगका अनुसार आजै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।

अन्तिम नामावली प्रकाशन पछि भोलि उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका रहेको छ।

माघ ११ गते हुने निर्वाचनका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानका लागि माघ ११ गते निर्वाचन हुँदैछ।

Logo