तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं एक्सप्रेस

काठमाडौं, – आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै बिहान साढे ११ बजे बस्दैछ।

बैठकमा गुठी पीडित मोहि किसानहरुको समस्या तथा गुठी सम्बन्धी कानून लगायतका विषयमा छलफल हुनेछ।

त्यस्तै बिहान साढे ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विभिन्न विद्यार्थी संघ÷संगठनहरुसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय सम्पदा अन्तर्गत राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षित क्षेत्रको विद्यमान अवस्था र यसको संरक्षण संवद्र्धनमा सामुदायिक वन उपभोक्ता महासंघको भुमिकाका सम्बन्धमा छलफल हुनेछ।

Logo