संसदीय दलका नेताहरूलाई राष्ट्रपतिको निम्तो

संसदीय दलका नेताहरूलाई राष्ट्रपतिको निम्तो

काठमाडौं एक्सप्रेस

काठमाडौं,– राष्ट्रपति रामचन्द्र पौडेलले माघी पर्वको शुभकामना आदानप्रदान गर्न सबै दलका नेताहरूलाई शीतल निवासमा निम्तो दिएका छन्।

उनले संसदीय दलका नेताहरूलाई सोमबार बिहान ११ बजेका लागि निम्ता दिएका हुन्।

‘शुभकामना आदानप्रदानका लागि राष्ट्रपति ज्यूले निम्ता दिनु भएको हो, अरू कुनै विषय होइन’, राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले भने।

आज माघे सङ्क्रान्तिका दिन देशभर भक्तजन र तीर्थालुहरुले विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन्। संघिय सरकारले देशभर पर्व बिदा दिएको छ। देश भित्र मात्र नभई बाहिर पनि यो पर्व मनाइदैछ।

देशका विभिन्न तीर्थस्थलहरूमा भक्तजनहरूले स्नान गरिरहेका छन्। आजैका दिन स्नानका साथै विभिन्न तीर्थस्थलहरूमा जप, तप, ध्यान साधना, दान दक्षिणा दिने गरिन्छ। र, अलि भिन्न भिन्न परिकारहरू पकाएर खाने गरिन्छ।

माघे सङ्क्रान्तिका दिन विशेष गरी देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्ने गर्छ।

Logo