माघे सङ्क्रान्तिले सामाजिक–साँस्कृतिक एकता प्रवर्द्धनमा सहयोग : सभामुख

माघे सङ्क्रान्तिले सामाजिक–साँस्कृतिक एकता प्रवर्द्धनमा सहयोग : सभामुख

काठमाडौं एक्सप्रेस

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति पर्वले सामाजिक–साँस्कृतिक एकता प्रवर्द्धनमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

माघे सङ्क्रान्ति/माघी पर्व– २०८० का अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले माघे सङ्क्रान्ति पर्वले पनि सामाजिक–साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवद्र्धन गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका हुन् ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसाँस्कृतिक विविधतायुक्त सुन्दर मुलुक हो । नेपालका आआफ्नै साँस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्वले आपसी एकता तथा सद्भाव स्थापित गर्न भूमिका खेल्दै आएका छन्,’ सभामुखको शुभकामना बक्तव्यमा भनिएको छ ।

माघे सङ्क्रान्ति पर्वले सबै क्षेत्रमा बस्ने नेपालीहरुबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गर्ने सभामुखको भनाइ छ । ‘माघे सङ्क्रान्ति पर्व नेपालको एक प्रमुख चाड हो । माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो ।

माघे सङ्क्रान्ति पर्व मुलुकभरका नदी तथा त्रिवेणीमा स्नानसँगै मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइन्छ,’ शुभकामनामा भनिएको छ, ‘मकर सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।’

माघे सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजाति र समुदायले भिन्न भिन्न नाममा मनाउने गरेका छन् । थारु जातिले माघी पर्वको नाममा नयाँ वर्षकोरुपमा मान्ने गर्दछन् भने मगर जातिले माघ्या÷सेर्ल्हेसकारुपमा मनाउँछन् ।

सभामुख घिमिरेले विभिन्न जनजातिले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको उल्लेख गरेका छन् ।

No description available.

Logo