निगमका दुई जहाजमा समस्स्या देखिएपछि अन्तर्राष्ट्रिय उडानमा प्रभावित

निगमका दुई जहाजमा समस्स्या देखिएपछि अन्तर्राष्ट्रिय उडानमा प्रभावित

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये दुई जहाज प्राविधिक समस्स्याका कारण ग्राउन्डेड भएका छन् । यसबाट सयौं यात्रुको यात्रा प्रभावित बनेको छ ।

निगमको दर्ता नम्बर ९एन–एएलजेड ए३३० सिरिजको वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको निगमल जनाएको छ ।

‘हिजो राति दोहा उड्नुपर्ने यो जहाजको उडान रोकिएको छ, रोकिएका यात्रुलाई आज साँझ ७ः ४५ बजेको उडानबाट दोहा लैजाने गरी तयारी गरिरहेका छौं,’ निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनले भने, ‘जहाजहरू ग्राउन्डेड हुँदा उडानहरू डिले हुने छन्, सकेसम्म पूर्वनिर्धारित उडान रद्द नगर्ने गरी योजना बनाएका छौं ।’

निगमको एउटा न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । एक महिनाभन्दा लामो समय नेपालमै ग्राउन्डेड भएको यो जहाज बेलैमा मर्मतको व्यवस्था मिलाउन नसक्दा निगमको एकैसाथ अन्तर्राष्ट्रिय उडानमा दुई जहाज कमी हुन पुगेको हो ।

प्रवक्ता पौडेलका अनुसार रातिबाट ग्राउन्डेड भएको जहाजको मर्मतको काम जारी छ । ‘यसलाई आजै उडानयोग्य बनाउने प्रयास छ,’ उनले भने, ‘त्यसो गर्न सकियो भने पूर्वनिर्धारित उडानहरू प्रभावित हुने छैनन् ।’ निगमसँग अब एउटा वाइडबडी र एउटा न्यारोबडी जहाजमात्र उडानयोग्य अवस्थामा छन् ।

दोहा उडानमा काठमाडौंबाट उड्ने तयारीमा रहेका २ सय ७६ यात्रुलाई राति होटेलमा राख्नुपरेको थियो । उनीहरूलाई आज उडाउने तयारी रहेको प्रवक्ता पौडेलले बताए ।

Logo