संसदीय मामिला पत्रकारहरुका लागि डिजिटल स्टोरी टेलिङ तालिम

संसदीय मामिला पत्रकारहरुका लागि डिजिटल स्टोरी टेलिङ तालिम

काठमाडौं एक्सप्रेस

काठमाडौं- संसदीय मामिला पत्रकारहरुका लागि डिजिटल स्टोरी टेलिङ (मल्टिमिडिया कथाबाचन) सीप सम्बन्धि कार्यशाला आयोजना भएको छ ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को संसद सहयोग कार्यक्रमको आर्थिक सहयोगमा मिडिया फोर जी नेपालले दुई चरणमा कार्यक्रम गरेको थियो । पहिलो चरणमा मंसिर ३० गते ललितपुरको लाँकुरीफेदीमा र दोस्रो चरणमा पुस २७ गते गोदावारीमा कार्यशाला आयोजना गरिएको थियो । दुवै कार्यशालामा ४९ जना संसदीय पत्रकार सहभागी थिए ।

डेढ दिनको कार्यशालामा डिजिटल सुशासन, लैङ्गिक तथा सामाजिक समावेशीता, डिजिटल पत्रकारिताका लागि आवश्यक नैतिक आचरण तथा स्वनियमन संहिता र मल्टिमिडिया स्टोरीटेलिङका बारेमा सैद्धान्तिक र प्रयोगात्मक सत्रहरु सम्पन्न भएका थिए।

कार्यशालामा बाह्रखरीका सम्पादक हरि बहादुर थापा, महिला अधिकारकर्मी तथा राजनीतिज्ञ विन्दा पाण्डे, मल्टिमिडिया पत्रकारद्वय रजनीश भण्डारी र उमेश श्रेष्ठ, पत्रकार बिनु सुवेदी र विनय गुरागाईंले प्रशिक्षण दिएका थिए।

मल्टिमिडिया कथाबाचन शैली सम्बन्धित सत्रमा प्रशिक्षार्थीहरुले मोवाइल मार्फत छोटा भिडियो कथाहरु उत्पादन गरेका थिए ।

प्रशिक्षणमा बोल्दै युएनडिपी संसद सहयोग कार्यक्रममा दिलादत्त पन्तले सूचना प्रविधि क्षेत्रमा आएका नयाँनयाँ बिषयबस्तुहरु र प्रबिधिहरु सिकेर त्यस मार्फत महिला र सिमान्तकृत समुदायका नागरिक र संसदबीचमा रचनात्मक संवाद गर्न सहयोग पुर्‍याउने लक्षसहित यस्ता कार्यशालाहरु सहयोग गरेको र भविष्यमा पनि अझ गर्न सक्ने सम्भावना रहेको बताए ।

Logo