काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियार

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियार

काठमाडौं एक्सप्रेस

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदिप परियार आउनुभएको छ ।

सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार काठमाडौंमा योजना आयोगमा रहेका परियार सरुवा हुनुभएको हो ।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न दबाव दिएपछि उनी बिदामा हुनुहुन्छ । अधिकारीको बिदाबाटै मधेशी आयोगको सचिवमा सरकारले सरुवा गरेको छ ।

Logo