त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेथिति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेथिति

काठमाडौं एक्सप्रेस

काठमाडौं, – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेथितिका कारण यात्रुहरू समस्यामा परेका छन् । यात्रुहरूको आवागमनका कारण निकै व्यस्त रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले मनपरी गर्दा यात्रुहरूलाई घन्टौं कुर्नुपर्ने समस्या देखिएको छ।

विमानस्थलमा ५ वटा जहाज अवतरण गर्दा पनि २ वटा मात्रै अध्यागमनको काउन्टर खुल्दा यात्रुहरूलाई घन्टौं कुर्नुपर्ने बाध्यता देखिएको हो ।

यात्रुको चाप बढ्दा पनि किन २ टा काउन्टर मात्रै खोलिएको भन्ने प्रश्नमा अध्यागमन विभागले कर्मचारी अभाव भएको बहाना दिएको छ। केही कर्मचारीहरूको जाँच चलिरहेका कारण मात्रै १ वा २ वटा काउन्टर खोलिएको विभागले जनाएको छ।

२४ सैँ घन्टा खुला रहने विमानस्थलमा ४÷५ वटा जहाज ल्यान्ड गर्छ। तर, अध्यागमनको काउन्टर नै सबै नखुल्दा घन्टौं लाइनमा बस्नुपर्ने यात्रुहरूले गुनासो गरेका छन्।

Logo