राष्ट्रपतिले आह्वान गरे संघीय संसदको दुवै सदनको अधिवेशन

राष्ट्रपतिले आह्वान गरे संघीय संसदको दुवै सदनको अधिवेशन

काठमाडौं एक्सप्रेस

काठमाडौं, – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले बैठक आह्वान गरेका हुन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Logo