रुपन्देही, – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको खेलमा एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । एपिएफ क्लबले लुम्बिनीलाई सात विकेटले हराएको हो ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४१ ओभर सवै विकेट गुमाएर एक सय ३३ रन बनाएको थियो । उसका लागि दिलशाद अलीले अविजित ३९ रन बनाए । यस्तै मृणाल गुरुङले ३४ तथा विराट भण्डारीले २३ रन बनाए । बलिङतर्फ एपिएफका रमेश कुर्मीले पाँच, भुवन कार्कीले तीन तथा रोहितकुमार पौडेल र मौषम ढकालले एक एक विकेट लिए ।
एक सय ३४ रनको विजयी लक्ष्य एपिएफ क्लबले २२ दशमलव तीन ओभरमा तीन विकेटको क्षतिमा प्राप्त ग¥यो । एपिएफ क्लबका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेले । उनले ५२ रन बनाए । यस्तै पुरन विकले अविजित ३३ तथा लोकेश बमले १६ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका मोहम्मद हुसेन, कृष्ण कार्की र इकलाख अहमद खाँले एक एक विकेट लिए । रमेश कुर्मी खेलको म्यान अफ दी प्लेयर घोषित भए । समापन कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले राष्ट्रिय प्रतियोगिता काठमाडौँ बाहिर गर्न क्यान प्रतिबद्ध रहेको बताए । भविष्यमा देशका अन्य शहरमा पनि प्रतियोगिता आयोजना गर्दैजाने उनले बताए ।
प्रतिक्रिया