यौन दुर्व्यवहार मुद्दामा ट्रम्पले करोडौं जरिवाना तिर्नुपर्ने

यौन दुर्व्यवहार मुद्दामा ट्रम्पले करोडौं जरिवाना तिर्नुपर्ने

काठमाडौं एक्सप्रेस

काठमाडौं, – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई करोडौँमा जरिवाना तिर्नुपर्ने भएको छ। न्यूयोर्कको अदालतले पूर्व राष्ट्रपति एवं सन् २०२४ का राष्ट्रपति पदका उम्मेदवार ट्रम्पलाई लेखक इ जिन क्यारोललाई यौन दुर्व्यवहार गरेको आरोपमा दोषि ठह¥याउँदै क्षतिपूर्ति बापत आठ करोड ३३ लाखअमेरिकी डलर तिर्न आदेश दिएको हो।

यस्तै अदालतले ट्रम्पले क्यारोलको बारेमा सार्वजनिक टिप्पणीमा दुर्भावनापूर्ण कार्य गरेको भन्र्द क्षतिपूर्तिस्वरूप ७३ लाख अमेरिकी डलर र प्रतिष्ठामाथिको क्षतिका लागि एक करोड १० लाख अमेरिकी ठलर र दण्डात्मक क्षतिपूर्तिको रूपमा छ करोड ५० लाख अमेरिकी डलर जरिवाना पनि तोकेको छ।

न्यूयोर्कको एउटा छुट्टै संघीय देवानी मुद्दामा क्यारोलमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा जुरीले दोषी ठहर गरेका ट्रम्पले आफ्नो ट्रूथ सोसल प्लेटफर्मको प्रयोग गरेर क्यारोल, सुनुवाई र न्यायाधीशमाथि आक्रमण गर्ने अपमानजनक सन्देशहरूको बाढी ल्याउनुभएको थियो।

Logo