महालक्ष्मी नगर सभाबाट तीन विधेयक पारित, कर्मचारी दरबन्दी थप गर्ने निर्णय

महालक्ष्मी नगर सभाबाट तीन विधेयक पारित, कर्मचारी दरबन्दी थप गर्ने निर्णय

काठमाडौं एक्सप्रेस

ललितपुर– महालक्ष्मी नगरपालिकाको नगर सभाको १५ औं अधिवेशनबाट तीन विधेयक पारित भएको छ ।

वडा नम्बर ६ सिद्धिपुरमा सोमबार बसेको १५ औं अधिवेशनले महालक्ष्मी प्रज्ञा प्रतिष्ठान विधेयक २०८०, संस्था दर्ता सम्बन्धी विधेयक २०८० र नगर प्रहरी व्यवस्थापन तथा सञ्चालन गर्न बनेको विधेयक २०८० पारित गरेको नगर प्रमुख हरिगोविन्द श्रेष्ठले जानकारी दिए । नगर सभाबाट पारित भएका निर्णयहरु नगर प्रमुखले प्रमाणित गरेपछि सार्वजनिक गर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले नगरका कामकारबाहीलाई प्रभावकारी र व्यवस्थित बनाउन कर्मचारी दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

नगर सभाले खानेपानी, सडक तथा सम्पदाहरुको बन्दामा रहेको बजेटलाई विनियोजन गरेको छ ।

नगर सभाले आर्थिक ऐन, २०८० लाई पनि संशोधनसहित पारित गरेको छ ।

Logo