ज्ञानेन्द्र शाहको पार्टी खोल्ने सुर होला : ओली

ज्ञानेन्द्र शाहको पार्टी खोल्ने सुर होला : ओली

काठमाडौं एक्सप्रेस

धनुषा, – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह पार्टी खोल्न सक्रिय भएको हुनसक्ने बताएका छन् ।

आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘पार्टी खोल्ने सुर होला । आधार बनाउन खोजेको होला, त्यसको लागि कोसिस गरेको होला ।’

उनले संघीयता पहिलो पटक आएकाले बलियो बनाउन मिहिनेत गर्नुपर्ने बताए ।

जनतालाई प्रदेश सरकार आवश्यक हुनुपर्ने जस्तो अनुभूति हुने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । ‘अहिले जनता के भन्न थालेका छन्, प्रदेशका मन्त्रीले झण्डा हलाएर मात्र के हुन्छ ? काम त केही भएन ।

जनताले के ठानुन् भने संघीयता आवश्यक छ, प्रदेश आवश्यक छ, स्थानीय तह आवश्यक छ । उनीहरुले राम्रो काम गरेको छ,’ ओलीले भने ।

Logo