माओवादीको संसदीय दलको बैठक आज बस्दै

माओवादीको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज पनि बस्ने भएको छ।

बैठक सोमवारबाट सुरु भएको हो। बैठकमा हिउँदे अधिवेशनमा पार्टीका सांसदहरूले गर्नुपर्ने तयारी, सरकारबाट जाने विधेयक र सांसदहरूको प्रस्तुतीकाका बारेमा छलफल हुनेछ। बैठकमा सांसदहरूलाई सदनलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइने बताइएको छ।

सोमवारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षसमेत रहेका पुष्पकमल दाहालले विषयवस्तुहरूको प्रवेश गराउँदै सांसदहरूलाई सरकारले गरेका कामकारबाही जनतासमक्ष पुग्ने हिसाबमा संसद्मा प्रस्तुत हुन निर्देशन दिएका थिए।

Logo