सङ्घीय संसद्का नवनियुक्त महासचिवको शपथ आज

सङ्घीय संसद्का नवनियुक्त महासचिवको शपथ आज

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सङ्घीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयको शपथग्रहण आज हुँदैछ।

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आज बिहान १०:१५ बजे उनको शपथग्रहणको कार्यक्रम तय गरिएको छ।

महासचिवमा नियुक्तिअघि पाण्डेयले मङ्गलवार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिए। राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गरेका हुन्।

गत मङ्सिर २५ गते सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए।

तर, तत्कालीन महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नभएको, पाण्डेयले प्रतिनिधि सभाको सचिव पदबाट राजिनामा नदिएको आदि कारणलाई देखाउँदै रीत नपुगेको भनी राष्ट्रपतिले सिफारिस अनुसार महासचिव नियुक्त गरेका थिएनन्।

Logo