९ किलो सुन तस्करी प्रकरण : बयान दिन सिंहदरबार पुगे महरा

९ किलो सुन तस्करी प्रकरण : बयान दिन सिंहदरबार पुगे महरा

काठमाडौं एक्सप्रेस

काठमाडौं, – भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा छानबिन गर्न बनेको उच्चस्तरीय समितिले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ।

समितिले बिहीबार दिउँसो सिंहदरबारमा महराको बयान लिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले यही असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो।

Logo