एनसेलको छानबिन प्रतिवेदन सार्वजनिक गर्न निर्देशन

एनसेलको छानबिन प्रतिवेदन सार्वजनिक गर्न निर्देशन

काठमाडौं एक्सप्रेस

काठमाडौं, – संसद्को सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद बिक्रीको छानबिन प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ।

पूर्व महालेखापरीक्षक टंकमणि शर्मा संयोजक रहेको छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न भनेको हो। समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाए पनि प्रतिवेदन गोप्य राख्नुपर्ने कारण नभएको भन्दै आइतबार बसेको लेखा समिति बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई यस्तो निर्देशन दिएको हो।

गत माघ १४ गते एनसेलको सेयर खरिद बिक्री अध्ययन तथा छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको थियो।

आजियाटाले एनसेलमा आफ्नो स्वामित्व रहेको ८० प्रतिशत सेयर बिक्री गर्दा अपारदर्शी कारोबार भएको भन्दै आलोचना भएपछि सरकारले सरकारले गत मंसिर २१ गते छानबिन समिति बनाएको थियो।

एनसेलको विदेशी लगानीकर्ता आजियाटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युकेलाई बिक्री कारोबार विवादित बनेको थियो।

Logo