अरुण चौधरीलाई छाड्न आदेश दिएका न्यायाधीशको सरुवा

अरुण चौधरीलाई छाड्न आदेश दिएका न्यायाधीशको सरुवा

काठमाडौं एक्सप्रेस

काठमाडौं, – बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई हाजिर जमानीमा छाड्न आदेश दिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको सरुवा भएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आचार्यलाई मुगु जिल्ला अदालतमा सरुवा गरेका हुन्। आचार्य केही महिना अघि मात्र सरुवा भएर काठमाडौं जिल्ला अदालत आएका थिए। तर अनुसन्धानका लागि पक्राउ परेका चौधरीलाई समय सीमा तोकेर छाड्न आदेश दिएको भन्दै आचार्य विवादित बनेका थिए।

असामान्य आदेश दिएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेतले न्यायाधीश आचार्यको आलोचना गरेका थिए। बाँसबारी जग्गा पक्राउ परेको ६ दिनमै चौधरीसहित तीन जना छुटेका थिए।

सामान्यतया प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने भए पनि चौधरीसहित तीन जनालाई अनावश्यक रूपमा हिरासतमा राख्न नहुने ठहर गर्दै आचार्यले समय तोकेर छाड्न आदेश गरेका थिए।

Logo