महालक्ष्मीमा फागुन १३ बाट दादुरा खोप लगाईने

महालक्ष्मीमा फागुन १३ बाट दादुरा खोप लगाईने

काठमाडौं एक्सप्रेस

ललितपुर – महालक्ष्मी नगरपालिकाले फागुन १३ गतेबाट दादुरा रुबेला खोप अभियान सुरु गर्ने भएको छ । नगर प्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतामा सोमबार नगर खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालासँग छलफल गर्दै दादुरा रुबेला खोप अभियान फागुन १३ गतेदेखि २३ गतेसम्म खोप लगाउने जनाएको छ ।

अभियान ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई विद्यालयमै गएर खोप लगाउने स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीले जानकारी दिए । महालक्ष्मी नगरपालिकाका एक सय विद्यालयलाई खोप केन्द्र बनाईने र करिब ३१ हजार बालबालिकालाई खोप लगाउने उदश्य रहेको ज्ञावलीले बताए ।

उनले नगरपालिका भित्रका कोहिँपनि बालबालिकाहरु खोप लगाउनबाट नछुटोन र छुटेकालाई पनि अभियानमा सहभागि गराएर खोप लगाएने बताएका छन् ।

त्यस्तै कार्यक्रममा जिल्ला खोप अधिकृत पार्थमणी न्यौपानेले दादुरा खोपको सुरुवातपछि बाल मृत्युदर घटेको जीगिर गरे । बाल मृत्युदर घट्नु खोपको प्रमुख भुमिका रहेको उनको भनाई छ । २०३४ साल देखि निरन्तर नेपालमा खोप लगाउन थालिएको छ, उनले भने, सो अवधिमा १३ प्रकारको एन्टिजेन १६ हजार बढी खोप केन्द्रहरु मार्फत १५ मुनिका बालबालिका र गर्भवती महिलालाई प्राथमिकता दिदै आएको छ ।

खोप अधिकृत न्यौपानेले कार्यक्रममा प्रस्तुत तथ्यांकका अनुसार देशभरका १९ जिल्लामा एक हजार तीन सय ४१ जनामा गत वर्ष दादुराको प्रकोप देखाएको छ । एक जना बिरामीको मृत्यु भएको छ । तथ्यांकमा गत वर्ष सबै भन्दा बढी बाँकेमा प्रकोप फैलिएको देखिन्छ ।

खोप अधिकृत न्यौपानेले १३ प्रतिशत बालबालिका अझै पूर्ण खोपबाट बञ्चित छन भने ४ प्रतिशत बालबालिकाले कुनैपनि खोप नलगाएको बताए ।

उनले हरेक वर्ष जस्तै यस वर्षको खोप अभियान फागुन १३ गतेदेखि चैत्र पहिलो खप्तासम्म सञ्चालन हुने पनि जानकारी दिए । सो अभियानमा कोहिँपनि बालबालिका खोप लगाउँनबाट नछुटोस, उनले भने, ।

छलफलमा उपप्रमुख लक्ष्मी महर्जन, वडा अध्यक्ष, शिक्ष निदेशक चिरञ्जीवी पौडेल, १० वटै वडाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक भरत बोहराले गरेका थिए ।

Logo