महालक्ष्मी नगरपालिकामा महालक्ष्मी महोत्सव हुँदै

महालक्ष्मी नगरपालिकामा महालक्ष्मी महोत्सव हुँदै

काठमाडौं एक्सप्रेस

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले महालक्ष्मी महोत्सव गर्ने भएको छ । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गर्दै फागुन ५ देखि ७ गतेसम्म महोत्सवको आयोजना गरिएको जनाएको छ ।

महालक्ष्मी महोत्सव तीन दिनसम्म चल्ले महानगरले जनाएको छ । ‘महालक्ष्मी नगरको समृद्धिको आधार शिक्षा, संस्कृति,पर्यटन ,उद्योग र व्यापार ’ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवको तयारी पुरा भएको प्रमुख हरिगोविन्द श्रेष्ठले जानकारी दिए ।

महालक्ष्मी महोत्सवकै लागि लागि ५० लाख रुपैया विनियोजन गरिएको उनले बताए । नगरप्रमुख श्रेष्ठले महोत्सवलाई सफल बनाउन बिभिन्न ११ वटा तयारी समिति बनाइएको बताए । महालक्ष्मी नगरमा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न, नगर भित्रका संस्कृति सम्पदा पर्यटन क्षेत्रको सव पक्षहरुको उजागर गर्न महोत्सव आयोजना गरिएको उनको भनाई छ ।

त्यस्तै उपप्रमुख लक्ष्मी महर्जनले महोत्सवका क्रममा सांस्कृति ऐतिहासिक सम्पदाहरुको प्रदर्शन र अवलोकन, स्थानीय घरेलु उद्योगको उत्पादन, कृषि उत्पादन लगाएतको प्रदशनी रहने बताइन् । उनले मनमोहन टावर तथा गणेशमान सिंह पार्क, मानेदोभान, गुम्वाहरुको अवलोकन तथा दृश्यावलोकन गराइने बताईन् ।

महोत्सवको उद्घाटन महालक्ष्मी नगरपालिकाको नामाकरण भएको महालक्ष्मी मन्दिरको परिसर नजिक वडा नं ८ मा हुने जनाईएको छ । तोस्रो दिन वडा नम्बर ६ सिद्धीपुर र वडा नम्बर ३ को बोझेपोखरी हुने र त्यस्तै समापन भने वडा नंवर १० स्थीत लाकुरी भञ्ज्याङमा हुने आयोजक समितिले जनाएको छ ।

Logo