भ्यालेन्टाइन डे,मा गोविन्द पौडेलको “मुना मदन“को सन्देश (भिडियो)

भ्यालेन्टाइन डे,मा गोविन्द पौडेलको “मुना मदन“को सन्देश (भिडियो)


काठमाडौं, – “प्रेम“ मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । प्रेम शब्द आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ,। प्रेम कसले कसरी बुझ्ने ? कस्तोलाई माया भनेको कस्तो हुन्छ ? गहनतम अध्ययन जरुरी पक्कै पनि छ ।

विशेष प्रेम शब्द सुन्ने बित्तिकै माया मोह अनि जिन्दगी सम्झनेहरूको जमात मात्रै होइन, प्रेम शब्द सुन्नै नचाहनेहरु पनि कम छैनन् यहाँ । १ दार्शनिक सन्दर्भमा, प्रेम एक जिवात्मा प्रतीको दया, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण पनि हो ।

मेरो भाषामा भन्नु पर्दा प्रम एक गुलाफ दिएर देखाउटी होईन । प्रेम त मन देखि नै गर्नु सक्नुपर्छ । प्रेम के हो ? त्यो “मुना मदन“ लोकदोहोरी गीतले सिकाएको छ । गोविन्द पौडेल र समिक्षा अधिकारीको स्वर रहेको यो “मुना मदन“ लोकदोहरी गित प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाउनेहरुको लागि एक गतिलो उदारण बनेको छ ।

“मुना मदन“ लोकदोहरी गित यतिबेला बजारमा सार्वजनिक भएको । यो गितले प्रेमको उदारण मात्र दिएको छैन एक कारुणिक खण्डकाव्यमा लेखिएको मुना मदनको कथासँग पनि जोडिएको छ

त्यो गितको शब्द र कथा फरक भएपनि तर भाव मुना मदनको प्रेममा जोडीएको देखिन्छ ।

केटी – तिमि हौ मदन म तिम्रो मुना,
तिम्रै काखमा हास्न पाउ तिम्रै काखमा रुन
नखोज है म बाट कहिँलै टाडा हुन ।

केटा– म हु मदन तिमि हौ मुना,
मेरो कारण तिमिलाई पर्ने छैन रुन
नखोज है म बाट कहिँलै टाडा हुन ।

वास्थवमा मुनाले पनि मदनलाई यहिँ भनेकि थिईन् । मदन ल्हासा जाँदा । मुना मदन एक कारुणिक खण्डकाव्य हो, जसले मुना र मदनको बिछोडको प्रेम कथाको बर्णन गर्दछ । मदन धन कमाउनको लागि ल्हासा जान्छन् र फर्कने क्रममा बाटोमा बिरामी हुन्छन् । बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथिहरू आउछन र मदनको मृत्यु भएको कुरा भन्छन् । यो कुराले मुनालाई निकै पीडा हुन्छ । यहि पीडा सहन नसकी शोकमै मुनाको मृत्यु हुन्छ ।

तर यो गितमा भने कथा फरक छ । नाम एउटै । मुना र मदनलाई एक गरिबीका कारणले छुटाउछ । तर यो गितको सन्देश भने केटा र केटीको साचो प्रेम । साँचो प्रेमलाई दैवले पनि छुटाउँदैन । यदि कसैले छुटाए छ भनेपनि ईश्वरले जोडीदिन्छ भन्ने बुझिन्छ ।
गायक गोविन्द्र पौडेल र गायीका समिक्षा अधिकारको सुमधुर आवाजमा रहेको “मुना मदन“ बोलको गीतको शब्द विजय अनुरागीले कोरेका छन् ।
विष्णु भट्टराईले निर्देशक गरेको सो गितमा सारीका के.सी., श्रीकृष्ण घर्ति मिरे र सन्तोष शर्माको अभिनय गरेको छ ।

Logo