मन्त्री सुदन किराँतीले आफ्नो कार्यकक्षमा आफै पोछा लगाए

मन्त्री सुदन किराँतीले आफ्नो कार्यकक्षमा आफै पोछा लगाए

काठमाडौं एक्सप्रेस

काठमाडौं, – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले आफ्नो कार्यकक्षमा पोछा लगाएका छन्।

बिहानै सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा पुगेका मन्त्री किराँतीले कार्यालय सहयोगीलाई काम गर्न नदिएर आफैँ पोछा लगाइरहेको भिडियो सार्वजनिक भएको छ।

मन्त्रीको कार्यकक्षमा सरसफाईका लागि पुगेकी एकजना महिलाको हातबाट पोछा लगाउने मप लिएर मन्त्री आफैले पोछा लगाइरहेका छन्।

उनले ती महिलालाई सहयोग समेत गरिरहेको भिडियोमा देख्न सकिन्छ।

भिडियोमा ती महिलाले मन्त्रीलाई सहयोग गरिदिनुभएकोमा धन्यवाद दिएकी छिन्। मन्त्री किराँतीले महिलासँग उनको दिनचर्याको बारेमा पनि सोधपुछ गरिरहेका छन्।

Logo