माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै सडकमा उत्रिएका राजेन्द्र महतो घाईते

माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै सडकमा उत्रिएका राजेन्द्र महतो घाईते

काठमाडौं एक्सप्रेस

काठमाडौं, – माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै सडकमा उत्रिएका राजेन्द्र महतो घाइते भएका छन् ।

उनकै नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले बुधबार भद्रकालीमा माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै आन्दोलन गरेको हो। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका महतोले सोमबार राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका थिए। सोही अभियानका क्रममा आज प्रदर्शन भएको हो।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो।प्रहरीको लाठी प्रहारबाट महतो सहितका अभियानका केही नेताहरू घाइते भएका छन्। महतोको घुँडा र कुहिनोमा चोट लागेको छ।

उनीहरुले निषेधित क्षेत्रको नाममा जनताको आवाज बन्द नगर्न सरकारलाई चेतावनी समेत दिएका छन्।

प्रदर्शनकारीहरुले निषेधित क्षेत्र खुला गर, लोकतन्त्रमा जनताको आन्दोलन गर्ने अधिकार रक्षा गर, निषेधित क्षेत्रको नाममा हाम्रो मुख बन्द गर्न पाइँदैन, निषेधित क्षेत्र खारेज गर, राष्ट्रिय मुक्ति क्रान्ति, हामीलाई रोक्ने तिमी को हो ? गृहमन्त्री राजीनामा दे लगायतका प्लेकार्ड र नारा लगाइ विरोध प्रदर्शन गरेका छन

Logo