जोखिम मोलेर नयाँ गठबन्धन बनाएका छौ, परिणाम देखिने काम गर्न प्रधानमन्त्रीको निर्देशन

जोखिम मोलेर नयाँ गठबन्धन बनाएका छौ, परिणाम देखिने काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कही गरौं भन्ने जोखिम मोलेर आफूले नयाँ गठबन्धन बनाएको भन्दै मन्त्रीहरूलाई परिणाम देखिने काम गर्न निर्देशन दिएका छन् ।

नयाँ मन्त्रिपरिषदको पहिलो बैठकमा प्रधानमन्त्री प्रचण्डले यो सरकारलाई जनताको अपेक्षाअनुसार काम गर्नैपर्ने दबाब रहेको भन्दै आफूले जोखिम मोलेको बताएका हुन् ।

प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने, ‘म अल्पमतमा परेर गठबन्धन चेन्ज गरेको होइन । मलाई काम गर्न पटक्कै सहयोग नभएर, कम्फरटेबल नभएपछि जोखिम मोलेर यो गठबन्धनमा आएका हौं । केही गरौं भन्ने मेरा स्पिरिट त्यता मिलेन, हिजो सोचेजस्तो काम गर्न सकिएन त्यसैले अब ब्रेक थ्रू गर्नु छ ।’

प्रधानमन्त्रीले कांग्रेससँग गठबन्धनमा रहेर रिबन काट्ने र समय कटाउनेबाहेक सोचेजस्तो र चाहेजस्तो काम गर्न असहज भएपछि एमालेसँग गठबन्धनमा फर्किनुपरेको आशय व्यक्त गरेको ती मन्त्रीले बताए ।

Logo