महालक्ष्मी नगरपालिकामा महिलाहरूका लागि सचेतना कार्यक्रम सम्पन्न

महालक्ष्मी नगरपालिकामा महिलाहरूका लागि सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं एक्सप्रेस

काठमाडौं, – ललितपुरको महालक्ष्मी नगरपालिकाले ११४औं अन्तर्राष्ट्रि महिला दिवसको पूर्वसन्ध्यामा महिलाहरूका लागि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नाराका साथ महालक्ष्मी नगरपालिकाले आयोजना गरेको कार्यक्रम आयोजना गरेको हो ।

नगरपालिकाले आयोजना गरेको सचेतना कार्यक्रमको नगर प्रमुख हरिगोबिन्द श्रेष्ठले उद्घाटन गरेका छन् । नगर उपप्रमुख लक्ष्मी महर्जनको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले सहभागीहरूलाई स्वागत गरेका थिए ।

सचेतना कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले महालक्ष्मी नगरपालिकाले ‘सम्पूर्ण महिला सबैभन्दा पहिला’ भन्ने मूल नारा बनाएर अगाडि बढिरहेको जानकारी दिँदै सोही नारा कार्यान्वयनका लागि नगरपालिकाले विभिन्न खाले कार्यक्रमहरू गरिरहेको जानकारी दिए ।

‘महिलाहरू अब घरमा मात्रै सिमित हुने होइन, सीप विकासका विभिन्न कार्यक्रम नगरपालिकाले सञ्चालन गरिरहेको छ ती कार्यक्रममा सहभागी भएर लाभ लिनुपर्छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘आयआर्जनका लागि महिलाहरूलाई आफ्नो आवश्यकता अनुसारका कार्यक्रम ल्याएको खण्डमा नगरपालिकाले अवश्य नै सहयोग गर्नेछ ।’

कार्यक्रमकी सभापति एवम् नगर उपप्रमुख लक्ष्मी महर्जनले महिलाहरू आफ्नो हक अधिकारप्रति सचेत हुनुपर्नेमा जोड दिँदै महिलाको आयस्तर बढाउने खालका कार्यक्रम नगरपालिकाले ल्याइरहेको जानकारी दिइन् ।

नगरपालिकाले प्रदान गरेका विभिन्न खाले शीपमूलक तथा आयमूलक कार्यक्रम सम्बन्धी तालिममा सहभागी भएका महिलाले उत्पादन गरेका सामग्रीहरूको बजारीकरणका लागि कोसेली घर निर्माण गर्दै रहेको उनले जानकारी दिइन् ।

महिलाहरू अधिवक्ता सुरज बस्नेत तथा सुनिता रावलले प्रशिक्षण दिएका थिए । अधिवक्ता सुनिता रावलले ‘महिलाहरूको आर्थिक सशक्तिकरण’ तथा अधिवक्ता सुरज बस्नेतले महिलाहरूको सामुदायिक तथा राजनीतिक भूमिकाकाबारेमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरू, वडासदस्यहरू, कार्यपालिका सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि गरी २५० जनाको सहभागिता रहेको थियो ।

Logo