राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले दिए उम्मेदवारी

राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले दिए उम्मेदवारी

काठमाडौं एक्सप्रेस

काठमाडौं, – राष्ट्रिय सभाको अध्यक्षका लागि माओवादीको तर्फबाट नारायण दाहाल र नेपाली कांग्रेसको तर्फबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

मङ्गलवार हुने निर्वाचनको कार्य तालिका अनुसार दाहाल र शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट माओवादीले अघि सारेको दाहाललाई एमाले, रास्वपा, नेकपा एस, जसपाको समर्थन रहेको छ । नयाँ गठबन्धनमा माओवादी अध्यक्ष र एमालेलाई उपाध्यक्ष लिने सहमति भएको थियो ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका शर्माको पक्षमा विपक्ष गठबन्धन बनाउने प्रयास जारी छ । उनी बाँकेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् ।

Logo