गठबन्धनले सकारात्मक सन्देश प्रवाह : पूर्वमन्त्री ढकाल

गठबन्धनले सकारात्मक सन्देश प्रवाह : पूर्वमन्त्री ढकाल

काठमाडौं एक्सप्रेस

काठमाडौं– पूर्वमन्त्री एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नयाँ गठबन्धनले मुलुकमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपाल निवास कोटेश्वरमा सोमबार भएका भेटमा अध्यक्ष ढकालले पछिल्लो समय बनेको गठबन्धनले जनतामा सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै अब सामुहिक नेतृत्वमा देशलाई अघि बढाउनु पर्ने धारणा राखेका छन् ।

भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको ढकालका सहयोगी हिमबहादुर गुरुङले जानकारी दिए । प्रतिनिधि सभा सदस्यसमेत रहेका ढकालले नेता नेपालको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

भेटमा नेता नेपालले आफू र आफ्नो पार्टी राष्ट्र र जनताको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने बताएका थिए ।

Logo