राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित

राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित

काठमाडौं एक्सप्रेस

काठमाडौं– राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।

दाहाललाई माओवादी केन्द्रसँगै सत्तारुढ गठबन्धनका नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मत दिएका हुन् ।

दाहालको पक्षमा ३९ जना र विपक्षमा १७ मत परेको छ । राष्ट्रिय जनमोर्चाका सांसद तटस्थ रहे ।

राष्ट्रिय सभा अध्यक्षमा गठबन्धनका तर्फबाट दाहाल र विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्मा उम्मेदवार भएका थिए ।

गत फागुन २१ गते राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि सकिएपछि नयाँ निर्वाचन भएको हो ।

नवनिर्वाचित अध्यक्ष दाहालले बैठकको अध्यक्षता गरेकी सभाकी उपाध्यक्ष उर्मिला अर्यालले बधाई तथा शुभकामना दिएकी थिइन् ।

२०१२ साल चैत्र १६ गते कास्की जिल्लाको ढिकुरपोखरीमा जन्मिएका दाहालले २०२७ सालदेखि अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए ।

Logo