प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐनलाई संशोधन विधेयक, टेबल गरिने

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐनलाई संशोधन विधेयक, टेबल गरिने

काठमाडौं एक्सप्रेस

काठमाडौं, – प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेले राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै आ.व.२०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि पनि आजको बैठकमा छलफल जारी रहने छ।

त्यसअघि बैठकको सुरुआतमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिने संसद सचिवालयले जनाएको छ।

Logo