सुन तस्करीमा संलग्न सबैलाई दबाब र प्रभावमा नपरी कारबाही गर्न गृहमन्त्रीको निर्देशन

सुन तस्करीमा संलग्न सबैलाई दबाब र प्रभावमा नपरी कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं एक्सप्रेस

काठमाडौं, – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

गृहसचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीसमेतलाई बोलाएर उनले प्रतिवेदनले दोषी देखाएकाहरूलाई कारबाही गर्न भनेका हुन् ।

गृहमन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कुनै दबाब र प्रभावमा नपरी कारबाही गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।

जाँचबुझ आयोगले गृहमन्त्रीलाई चैत १ मा प्रतिवेदन बुझाएको थियो ।

Logo