महरालाई ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

महरालाई ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौं एक्सप्रेस

काठमाडौं, – सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

सोमबार जिल्ला अदालत काठमाडौंले महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित आयोगले सुन तस्करी प्रकरणमा महरालाई कारबाही गर्न सिफारिस गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार बिहान पूर्व सभामुख समेत रहेका महरासहितलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै महरालाई पक्राउ गर्न निर्देशन दिएका थिए।

Logo