सहकारीमा रविको ‘फल्ट’ छैन : प्रधानमन्त्री

सहकारीमा रविको ‘फल्ट’ छैन : प्रधानमन्त्री

काठमाडौं एक्सप्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको गल्ती नभएको दाबी गरेका छन् ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा सोमबार साँझ प्रधानमन्त्री दाहालले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको गल्ती नभएको दाबी गरे । ‘मैले अनुसन्धानमा सहभागीहरूलाई पनि सोधेको छु, मेरो सूचनाअनुसार गृहमन्त्रीजीको कुनै फल्ट छैन,’ दाहालले भने ।

प्रधानमन्त्रीले संसदमा मंगलबार गृहमन्त्रीको विषयमा सविस्तार जानकारी गराउने बताए । उनले लामिछानेलाई प्रधानमन्त्री दाबी गर्ने कांग्रेसले उल्टै आरोपित गरेर नैतिकताको खडेरी देखाएको टिप्पणी गरे ।

प्रधानमन्त्रीले सामान्य उजुरीकै आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको जिकिर गरे ।

Logo