महालक्ष्मीमा वायु गुणस्तर व्यवस्थापन तथा जनस्वास्थ्य विषयमा स्वाथ्यकर्मीहरूसँग अन्तर्क्रिया

महालक्ष्मीमा वायु गुणस्तर व्यवस्थापन तथा जनस्वास्थ्य विषयमा स्वाथ्यकर्मीहरूसँग अन्तर्क्रिया

काठमाडौं एक्सप्रेस

ललितपुर- महालक्ष्मी नगरपालिकामा वायु गुणस्तर व्यवस्थापन तथा जनस्वास्थ्य विषयमा स्वाथ्यकर्मीहरुसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं उपत्यकाको वायुको गुणस्तर गर्न तीन तहका सरकारबीच समन्वय र सहकार्य गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, शिक्षा प्रमुख चिरञ्जीवी पौडेल, स्वास्थ्य प्रमुख हिमलाल ज्ञवाली लगायतको उपस्थिति थियो ।

जनस्वास्थ्य निरीक्षक भरत बोहराले सञ्चालन गरेको कार्यक्रममा नगर प्रमुख श्रेष्ठले बढ्दो सहरीकरण, जनसंख्या वृद्धि र मानवीय क्रियाकलापहरूका कारण उपत्यकामा विभिन्न किसिमका वातावरणीय समस्याहरू बढ्दै गएको बताए । उनले विश्वव्यापीरुपमा मानव स्वास्थ्य र जलवायुको लागि वायु प्रदूषण प्रमुख चुनौतीकोरुपमा खडा भएको बताए ।

कार्यक्रममा वक्ताहरूले उपत्यकाको भौगोलिक अवस्थितिका कारण पनि विभिन्न स्रोतबाट निस्किने प्रदूषण वायुमण्डलीय इन्भर्सनका कारण फैलावट हुन नपाई लामो समयसम्म वायुमण्डलमा रहने बताए ।

Logo