सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अगाडि बढ्छ : मन्त्री श्रेष्ठ

सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अगाडि बढ्छ : मन्त्री श्रेष्ठ

काठमाडौं एक्सप्रेस

काठमाडौं, – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सुदूरपश्चिम तथा मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अगाडि बढ्ने बताएकी छन् ।

शुक्रबार विश्वविद्यालयको नेतृत्व छनोट गर्दा अनुसन्धानलाई बढी अंक दिनुपर्ने कुरामा प्रधानमन्त्रीलाई ‘कन्भिन्स’ गरेको मन्त्री श्रेष्ठले शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बताइन् । उनले भनिन् ‘आज बिहान बालुवाटारमा बसेको बैठकमा विश्वविद्यालयको नेतृत्वका लागि अनुसन्धानमा बढी नम्बर दिनुपर्छ भनेर ‘कन्भिन्स’ गरेका छौं । त्यही अनुरुप हामी अगाडि बढ्छौं ।’

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति छनोटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको छनोट तथा सिफारिस समितिले २६ माघमा १० दिनको समय तोकेर आवेदन माग गरेको थियो ।

सो अवधिमा मध्यपश्चिमको उपकुलपतिका लागि ९ जना र सुदूरपश्चिमका लागि पनि ९ जनाले आवेदन दिएका थिए । तर विवाद भएपछि उपकुलपति छनोट प्रक्रिया स्थगित भएको थियो ।

Logo