मन्त्रीहरूसँग समन्वय गर्न विभागीय प्रमुखहरुलाई ओलीको निर्देशन

मन्त्रीहरूसँग समन्वय गर्न विभागीय प्रमुखहरुलाई ओलीको निर्देशन

काठमाडौं एक्सप्रेस

काठमाडौं, – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विभागीय प्रमुख र सचिवहरूलाई सरकारका मन्त्रीहरूसँग समन्वय गर्न निर्देशन दिएका छन् ।

पार्टी मुख्यालय च्यासलमा आइतबार विभागीय प्रमुख र सचिवहरूको बैठक राखेर ओलीले सरकारलाई सहयोग पुग्नेगरी समन्वय गर्न निर्देशन दिएका हुन् । ‘हाम्रो पार्टीको विभागहरू मन्त्रालयसँग मिल्दोजुल्दो नै छन्, सबै विभागले आफ्नो विभागीय मन्त्रीहरूसँग समन्वय र सहयोग गर्नुपर्छ’ ओलीको निर्देशन छ ।

बैठकमा सहभागी एक नेताका अनुसार, समीकरण बदलेर सरकार निर्माणको औचित्य पुष्टि गर्न पनि विभागीय सहयोग आवश्यक रहेको ओलीले निष्कर्ष सुनाएका थिए । ‘यो सरकारलाई असफल हुने छुट छैन, त्यसैले मन्त्रीहरूसँग आपसी समन्वय र सुझावको वातावरण बनाउनुपर्छ’, ओलीले भने ।

सँगै १६औं पञ्चवर्षीय योजनाका निम्ति सुझावहरू तयार पार्न पनि अध्यक्ष ओलीले निर्देशन दिएका छन् ।

Logo