ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाईते

ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाईते

काठमाडौं एक्सप्रेस

काठमाडौं, – अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए।

षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो। दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी,४० वर्षीय हंस धामी र एक बालक घाइते भएका प्रहरी निरीक्षक साउदले बताए। मृतक र घाइते वडका बासिन्दा हुन्।

घाइते तीनै जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

Logo